stcnepal long ad
global ime bank long

काठमाडौंमा ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । क्रियटिभ इनसाईट मिडियाले आयोजनामा नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ काठमाडौंमा आइतबार सम्पन्न भएको छ । राजधानीको कमलपोखरी स्थित रशियन कल्चरल सेन्टरमा आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र, संगीत, फेशन, पर्यटन एवम् संस्कृति, सौन्दकला जस्ता विधामा अवार्ड प्रदान गरियो ।

सोही समारोहमा बरिष्ट संगीतकार शम्भुजीत बाँस्कोटालाई संगीत साधक सम्मानबाट सम्मानित गरियो । नेपाली सँगीत क्षेत्रमा साँढे चार दशक भन्दा लामो समयदेखि योगदान दिँदै हजारौं गीतमा सफल संगीत दिएर नेपालमा नेपाली गीत संगीतलाई स्थापित गराएको भन्दै बरिष्ट संगीतकार बासकोटालाई क्रियटिभ इनसाईट मिडियाले नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ समारोहमा सो सम्मानबाट सम्मानित गरेको आयोजक सूर्य चन्दले बताए ।

बासकोटालाई समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका निवर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, आयोजक सूर्य चन्द, अभिनेत्री निर्देशक दीपाश्री निरौला सहित विभिन्न अतिथिहरुले सो सम्मानबाट सम्मानित गरे्का हुन् । दर्शक दीर्घाले पनि बासकोटालाई निरन्तर उठेर तालीले सम्मानमा साथ दिएको थियो ।

अवार्ड समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान एवम अवार्ड प्रदान गरियो । कार्यक्रममा राष्ट्रिय पत्रकारिता सम्मानबाट पत्रकार एवम् कामना पत्रिकाका सम्पादक बिदूर गिरीलाई र विशेष पत्रकारिता सम्मानबाट कलकर्मी डटकमका सम्पादक कृष्ण भट्टराई सम्मानित गरियो । यस्तै पत्रकार माधव अधिकारी र अरविन्द गौतमलाई पनि सम्मान गरियो ।

सो समारोहमा पेजेन्ट डिरेक्टर अवार्ड निशुकान्त झाले, फेसन तर्फ सर्वोत्कृष्ट फेशन मोडल पुरुषको अवार्ड रणधिर शाहले, महिलाको अवार्ड दुर्गा बिसुरालले, व्युटी पेजेन्ट मोडल अवार्ड छिरिङ डोल्मा शेर्पाले, पपुलर फेशन मोडलको अवार्ड शिलास्मा हमालले, फेशन डिजाईनरको अवार्ड इन्ता श्रेष्ठले, फेसन डिजाईनर पपुलर अवार्ड काजल शर्माले, पेजेन्ट तथा फेशन कोरियोग्राफर अवार्ड अश्विनी कान्त झाले, योङ इभेन्ट इन्टरपेनियरको अवार्ड बालकृष्ण पोखरेलले, एकेडेमीको अवार्ड नाजिर हुसेनले हाँसिल गरे ।

यस्तै ब्युटी तर्फ उत्कृष्ट ब्युटी एकेडेमीको अवार्ड रोज व्युटी पार्लर एन्ड टे«निङ सेन्टरलेर्, ब्युटी सलुन अवार्ड रश्मिलाज फेसियल हाउसले, हेयर टेक्निल अवार्ड रिना अवालले, माईक्रोब्लाडिङको अवार्ड प्रतिभा शाहीले, ब्राईडल मेकअप अवार्ड सृजना मायाँ कँडेलले, मेकअप आर्टिस्ट अवार्ड शान्ति डँगोलले, ब्युटिसियनको अवार्ड सुष्मिता बमजनले प्राप्त गरे ।

IME Lifesidebar
kumari