citizens life insurance long ad
stcnepal long ad

कोहलपुरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । कम्पनीले चैत ६ गते कोहलपुरमा उक्त तालिम सम्पन्न गरेको हो ।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत ५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाको बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । उक्त तालिम कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले प्रदान गरेकी हुन् ।

 

IME Life
kumari