stcnepal long ad
global ime bank long

सामाजिक सुरक्षा कोषमा नयाँ कर नीति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दोहोरो कर नीतिका कारण समस्या देखाएका योगदानकर्ताहरुका लागि सरकारहले सहजीकरण गरिदिएको छ । सरकारले आय कर नियामवालीको दशौँ संशोधन २०७६ मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई करमा सहजीकरण गरेको हो ।

आय कर नियामवाली २०५९ को नियम २१ लाईलाई संशोधन गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताले कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटि हुन्छ, सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरिएको छ । यसअघि कोषमा आवद्ध हुने योगदानकर्ताले अनिवार्य रुपमा ३३ प्रतिशत कर तिर्नुपथ्र्यो ।

अब चैतबाट कोषमा आवद्ध हुने योगदानकर्ताले पाँच लाख वा ३३ प्रतिशतमा आफु खुसी कर तिर्न पाउनेछन् । हालसम्म कोषमा १२ हजार २३९ रोजगारदाताबाट एक लाख ५० हजार ३६६ जना योगदानकर्ताले ७१ करोड २६ लाख रुपैयाँ योगदान गरिसकेका छन् ।

IME Lifesidebar
kumari