५ गुणा बढीको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन
काठमाडौं ।आज पाँचौ दिनमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्काशनको १५ लाख ७० हजारभन्दा बढीले आवेदन दिएका छन्।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा १५ लाख ७० बढी आवेदकबाट ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मिति भन्दा २ दिन अगाडि नै निष्कासन गरिएको हो। यसअघि कम्पनकिो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा फागुन २६ गते बैंकिङ समयसम्म मात्र आवेदकले आवेदन दिन पाउने छन् ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

























