citizens life insurance long ad
stcnepal long ad

मानवसेवा आश्रमलाई नेपाल एसबिआई बैंकद्धारा सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ ।

सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ । हेटौडाको मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा भेन्कट नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, सोमा संकरा प्रसाद, उप प्रबन्ध निर्देशक तथा समुह अनूपालना अधिकृत, भारतीय स्टेट बैंक, बिआरएस. सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, विरन्ची नारायण रथ, उप महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंकका संचालकहरु बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, विमला सवेदी प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे तथा बैंकका अन्य विशिष्ट अधिकारीहरुको उपस्थितीमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु ह्स्तान्तरण गरेका छन् ।

IME Life
kumari