citizens life insurance long ad
stcnepal long ad

बार्सिलोनमाथि पिएसजीको शान्दार जित, एमबाप्पेले गरे ह्याट्रिक

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पेरिस सेन्ट जर्मने ( पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनामाथि शान्दार जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाकै घरेलु मैदानमा शान्दार जित दिलाउनको लागि युवा फरवार्ड कीलियन एमबाप्पेले ह्याट्रिक गरे । अर्को एक गोल मोइस किनले थपे । बार्सिलोनाको लागि कप्तान लियोलेन मेस्सीले गरे ।

खेलेको २७ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ३२ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । उनले फ्लोरेन्जीको पासमा गोल गरेका थिए ।

खेलको ७० औँ मिनेटमा मोइस किनले गोल गर्दै पिएसजीलाई ३–१ ले अगाडि बढाए । खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पिएसजीलाई शान्दार जित दिलाए । अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

 

IME Life
kumari