२० किलो लागुऔषध गाँजा सहित एक पक्राउ
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० किलो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगंज महानगरपालीका वडा नं. ३२ बस्ने १९ बर्षिय संजय महतो रहेका छन् ।
फागुन ४ गते मंगलबार दिउसो १२ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित लेवटमा विरगजं तर्फ जाने गाडी कुरीरहेको अवस्थामा महतोको साथबाट मकवानपुर प्रहरीले २० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
निजलाई उक्त लागुऔषध गांजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।























