citizens life insurance long ad
stcnepal long ad

नेपाल आयल निगमले एक सातामै दुई पटक मूल्यवृद्धि गर्‍यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । मङ्गलबार आज राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ ।

त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ । हवाई इन्धनको अन्तर्राष्ट्रिय तर्फ र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

 

IME Life
kumari