citizens life insurance long ad
stcnepal long ad

प्रभु लाइफ इन्स्योरेन्सको नाफा र खुद बिमा शुल्कमा आकर्षक वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केही समय पहिले आइपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स मजबुत बन्दै गएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा र खुद बिमा शुल्कमा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा खुद नाफा १२५.२९% ले बढेर ८ करोड ८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३ करोड ५८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क ९५.०९% ले बढेर ६० करोड ९९ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड २६ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको जीवन बिमा कोषको आकार पनि १७७.२३%  ले बढेर १ अर्ब ४३ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा ५१ करोड ९० लाख ८५ हजार रुपैयाँ थियो ।

पुस मसान्तसम्म कम्पनीले कुल २ करोड ६८ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ९१ लाख रुपैयाँ रहेको छ । आइपीओ निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा २८ करोड ४१ लाख ९ हजार रुपैयाँ छ । प्रभु लाइफको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २१ पैसा छ ।

IME Life
kumari