citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार सुरु, पहिलो कारोबार ३४० रुपैयाँमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइतबार नेप्सेमा कारोबार सुरु भएको छ । प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको छ । यो आइपीओ शुक्रबार नेप्सेमा सूचीकरण भएको हो ।

नेप्सेले इन्फ्रास्ट्रक्चरले पहिलो कारोबारका लागि न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो ।

यसआधारमा उच्चतम रेन्जबाट कारोबार सुरु भएको देखिन्छ । ’एनआइएफआरए’ (निफ्रा) संकेतमा यसको कारोबार सुरु भएको छ । इन्फ्रास्ट्रक्चरको चुक्ता पुँजीका आधारमा कायम २० करोड कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो ।

IME Life
kumari