तामाङले राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा जित हात पारे
काठमाडौं । रितेश तामाङले प्रथम चक्र लामा/किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् । रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।
अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा विकास महर्जनले दिलिप रिमाललाई ३–०, निर्भिक लामाले सूर्य थापा मगरलाई ३–०, पदम तामाङले सौरव पोखरेललाई ३–० तथा सुशिलले शम्भु श्रेष्ठलाई ३–२ ले हराए ।





















