नेपाल इन्स्योरेन्सको नाफा १७.३९% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्स्योरेन्सको नाफा १७.३९% ले बढेर १० करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ७४ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क पनि २३.९६% ले बढेर ३९ करोड ९० लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले ३२ करोड १९ लाख २६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । साथै, बिमा कोषको आकार पनि ३८।६७५ ले बढेर ४७ करोड ३४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बिमा कोषमा ३४ करोड १३ लाख ९२ हजार रुपैयाँ थियो । पुस मसान्तसम्म आइपुग्दा इन्सुरेन्सले कुल २१ करोड ५८ लाख १९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी दाबी रकम ९८ करोड १३ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ०८ पैसा छ । नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ छ । जगेडा कोषमा ३९ करोड २ लाख ६५ हजार रुपैयाँ छ ।


























