बैंक अफ काठमाण्डूले ल्यायो गहना खरिदमा किस्ताबन्दी सेवा
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ ।
बैंकले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको हो । यस इएमआई सुविधामा ग्राहकले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
साथै यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्नुको साथै १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


























