जनरल इन्स्योरेन्सको ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाए
काठमाडौं । जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यसले ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा १६०% ले बढी हो ।
गत वर्षको यसैअवधिमा इन्सुरेन्सले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद बिमा शुल्क भने ९.८६% ले घटेर ११ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।गत वर्ष यसले कम्पनीले १३ करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यता, कम्पनीले पुस मसान्तसम्म आइपुग्दा बिमा कोषको आकार बढाएर ७ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको बिमा कोषमा ३ करोड ८५ लाख रुपैयाँ मात्र थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ छ ।
यसअवधिमा इन्सुरेन्सले ७ करोड ५४ लाख रुपैयाँ कुल दाबी भक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम २५ करोड ६३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा रहेको जनरलको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा छ ।


























