citizens life insurance long ad
stcnepal long ad

अबदेखि कोभिड उपचार सरकारी अस्पतालहरुमा मात्रै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड –१९ को उपचार हुने भएको छ । यसअघि सरकारले सरकारी अस्पताल तथा मेडिकल कलेज अस्पतालहरुलाई कोभिड– १९ उपचारका लागी भनी तोकेको थियो ।

कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबारसम्म भर्ना भई उपचाररत संक्रमितहरुको अबको १० दिनसम्मको मात्रै शोधभर्ना उपलब्ध गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी सरकारी प्रयोगशालाहरुमा कोभिड–१९ पिसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परिक्षण १ हजार रुपयाँ कायम गरिएको छ ।

नेपालमा गएको २४ घण्टामा थप १ शय ३४ जनामा संक्रमण पुष्टि भएको छ । जम्मा ३५ शय ६७ पिसीआर परीक्षण भएकोमा ६३ जना महिला र ७१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो पटक थप १ शय १८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी कोभिड–१९ को संक्रमण भएर पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत पुगेको मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर १७ शय ५३ जना सक्रिय सक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

IME Life
kumari