stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरी अस्पतालको निरीक्षण तथा निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गर्नुभयो ।

साथै उहाँले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिनु भएको थियो । निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने विरामीहरुका अपेक्षाहरु पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रीत हुनुपर्ने बताउनु भयो ।

नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर आ(आफ्नो भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।
उक्त अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवाहरु, चुनौतीहरु, योजना, पूर्वाधार विकास लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै स्तरीय सेवा दिन अस्पताल सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

prabhu mahalaxmi
kumari