citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

लुम्बिनी जनरल इन्सुरेन्सको १ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला

kumari bank
Prabhu Insurance Long Ad
global bank
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले आज बुधबार (फागुन १४ गते) बाट सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । इन्सुरेन्सले हकप्रद सेयर जारी गर्दा बिक्री नभएको सेयर बढाबढ गरी बिक्री खुला गरेको हो । यसमा फागुन २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ
लुम्बिनी जनरलले यसअघि गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म  २०% हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले लिलामीमा ल्याएको हो । लिलामी सेयरको न्यूनतम अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
लगानीकर्ताले बोलपत्र पेश गरेर न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सेयर किन्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरमा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल, सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।
gold
himalayan life insurance long ad