सूर्या लाइफ इन्स्योरेन्सले ३२.४३%ले बढायो नाफा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सूर्या लाइफ इन्स्योरेन्सले २० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३२।४३५ ले धेरै हो ।
गत वर्ष कम्पनीले १५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा इन्सुरेन्सले खुद बिमा शुल्क पनि ७७।८५५ ले बढाएर २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १ अर्ब २८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यता, सूर्याको जीवन बिमा कोषको आकार पनि ४९.४४% ले बढेर ९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ६ अर्ब २१ करोड रुपैयाँ मात्रै थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीले ३९ करोड २६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम १ करोड ६५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ६८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २५ पैसा छ ।























