citizens life insurance long ad
stcnepal long ad

दाङ्गको लमहीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रम बीच शाखाको औपचारिक उद्घाटन गर्नुभएको छ ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आमसर्वसाधारण सबैको भएको बताउनु भएको छ ।
ढकालले स्थानीय स्तरबाट संकलनहुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमालगानीगरिने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावितपूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापनाभएको बताउनुभयो ।
बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुखकार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्तगर्नु भएको थियो ।

 

IME Life
kumari