अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ सम्पन्न
काठमाडौं । सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल ¥याली भब्य रुपमा सम्पन्न भएको छ ।
क्यान्सर विरुद्ध जनचेतना जगाउन र साइकल मैत्री समाज निर्माण अभियानमा टेवा पु¥याउने उद्देश्यले ‘क्यान्सर विरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको ¥याली शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो ।
¥यालीको उद्घाटन विशिष्ठ व्यक्तित्वहरुबाट भएको थियो । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्त, डा. जेपी अग्रवाल, रथी प्रभुराम शर्मा, एआइजी पुष्पराम केसी, अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप डाइरेक्टर सचन थापा, ग्रुप सिईयो सनत न्यौपाने, सिईयो मानस घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन अवसरमा सहभागीसम्पूर्णलाई अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए । यसैगरी उद्घाटन अवसरमा क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्तले क्यान्सर रोगबाट बच्ने र सावधानी अपनाउने तरिकाबारे जानकारी गराएका थिए ।
नेपाल साइकल संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले साइकल खेल र यसको महत्वसँगै खेलाडीको उत्पादनका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले साइकल चढ्नुको महत्व र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका बारेमा बताएका थिए ।
पाँचबर्ष देखि साइकल चढ्दै आएका १४ बर्षीय बालक सुयोगमान सिंह बस्नेतले साइकल चढ्का मानिस स्वस्थ बन्नुका साथै यसले वातावरण जोगाउन र गाडीको इन्धनका लागि दैनिक रुपमा खर्च हुने करौडौं रुपैयाँ जोगिने बताएका थिए ।
साइकल फर अलका अध्यक्ष सुदिप पौडेलले ¥यालीमा सहभागीलाई साइकल चलाउँदा अपनाइने सुरक्षा र सावधानीबारे अवगत गराएका थिए । ¥यालीमा पाँच बर्षदेखि ७९ बर्षसम्म उमेर समूका १५ भन्दा बढी राइडरको सहभागिता रहेको थियो । सहभागी मध्ये ‘लक्की ड’« मार्फत भाग्यमानी विजेताहरुको घोषणा गरिएको थियो ।
श्रीनिशाले जितिन माउन्टेन बाइक
अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल ¥यालीको उपाधि श्रीनिशा श्रेष्ठले जितेकी छन् । ¥यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छनोट गरिएको भाग्यमानी विजेतमा श्रीनिशा पर्न सफल भइन् ।
उपाधिसँगै उनले हिमालय क्रसकन्ट्री माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् । यसैगरी जियाओमी रेडमी नोट नाइन मोबाइल पुरस्कार अमृत काजी शाक्य, सिको घडी अशोका देवकोटा, सिम्रिक एयरको गोसाइँकुण्ड टुर प्याकेज उमेश थापा र अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवा अमृत थापा र कर्मा ढोन्दुकले प्राप्त गरे ।
विजेतालाई राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, अन्नपूर्ण मिडिया नेटवर्कका सिईओ मानस घिमिरे, सम्पादक अखण्ड भण्डारी, अनलाइन सम्पादक विष्णु सुवेदी, समाचार प्रमुख रोशन राउत, मार्केटिङ प्रमुख दिलिप तामाङ, फाइनान्स प्रमुख कुमार पोखरेल, मानव संसाधन विभागकी डेपुटी म्यानेजर इन्दु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्कले विगत सात वर्षदेखि क्यान्सर विरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल ¥याली आयोजना गर्दै आएको छ । क्यान्सर केयर फाउन्डेसनसँगको सहकार्यमा आयोजित ¥यालीलाई यसपटक जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको थियो ।
नेपाल साइकल संघ र नेपाल साइकल सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित ¥यालीलाई सर्वोत्तम सिमेन्ट, जियाओमी रेडमी नोट नाइन मोबाइल, नबिल बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, शिखर इन्सुरेन्स, मेगा बैंक, अल्का अस्पताल, रियल जुस, एनसेल, सिम्रिक एयर, प्याङ्क बाइक, नेबिको, के एन्ड के इन्टरनेसनल कलेज, लायन्स क्लब अफ काठमाडौं समर्पण, नेपाल क्यान्सर हस्पिटल लगायत संघसंस्थाले सहप्रायोजन गरेका थिए ।





















