citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको मोबाईल बैंकिङ्गबाट सरकारी कर तथा राजस्व तिर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था सुरु गरेको छ । बैंकले सोमबारबाट यस्तो सेवा सुरु गरेको हो । उक्त सेवाको सुरुवातसँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको एनपिअआइ मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आइपिएस मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपिआई मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको इबिपि नंम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपिआइ मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अ

ब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

हिमालयन बैंक वाणिज्य बैंकहरु मध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणाली मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Life
kumari