वोमी लघुवित्तको खुद नाफा २७.६७% बढ्यो
काठमाडौं स् वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २७.६७% ले धेरै हो । गत वर्ष यसले ४ करोड १६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी २०.५९% ले बढेर ११ करोड ६८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा पनि ६ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ४३ लाख ३६ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । वोमीले पुस मसान्तसम्म १ अर्ब ४ करोड ४५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७१ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ३६ करोड १२ लाख २ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १४ करोड ६६ लाख २४ हजार रुपैयाँ छ । खराब कर्जा १.०३% बाट बढेर २.८५% पुगेको छ । वोमीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ५९ पैसा छ । वोमी हाल ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।


























