citizens life insurance long ad
stcnepal long ad

महालक्ष्मी विकास बैंकको नाफा १३.६९%

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १३.६९% धेरै हो । गत वर्ष बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.०५% र १२.७१% ले बढेको छ ।

गत वर्ष ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमासमा बढाएर ८४ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ४२ करोड ७० लाख रुपैयाँबाट बढाएर ४८ करोड १३ लाख पुर्याएको छ । यसको वितरणयोग्य नाफा १२ करोड ४७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म महालक्ष्मीले ३६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २८ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङमा ७७ करोड ९७ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा भने २.७६% बाट बढेर ४.७९% भएको छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।

IME Life
kumari