citizens life insurance long ad
stcnepal long ad

ज्योति लाइफको नाफा ५६.५६ प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो। गत वर्षको यहि अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदान गर्नुका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्षको भन्दा ९३ प्रतिशतले बढेको हो। नाफामा सुधार सँगै कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले यस वर्ष पोलिसी संख्या ७६ प्रतिशतले बढाएको छ। कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

गत वर्षको यहि अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो। यस वर्ष दाबी भुक्तानी ८ गुणाले बढेको छ। नाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय विवरण 

IME Life
kumari