citizens life insurance long ad
stcnepal long ad

कृषि विकास बैंकलाई ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइने छ ।

बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।

त्यस्तै,  नेपालराष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत चालु आर्थिक वर्षभित्र वाणिज्य बैंकले चुक्ता पुँजीको २५% ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा जुटेका हुन् ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०%ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि बैंकले गत वर्षको माघ १४ गतेदेखि १७ गतेसम्म २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।

IME Life
kumari