६.०४% ले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेको छ । यसअवधिमा संस्थाको नाफा ६.०४% ले घटेर ६ करोड २८ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष यसैअवधिमा यसले ६ करोड ६९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा पनि ५.८२%ले घटेर ९ करोड ९८ लाख २३ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष कम्पनीले १० करोड ६० लाख २ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता, संस्थाको खुद ब्याज आम्दानी भने ९.९८% ले बढेर ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १० करोड ५८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १९ करोड ९० लाख ८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ पैसा ७० रुपैयाँ छ ।



















