citizens life insurance long ad
stcnepal long ad

कामना सेवाको खुद नाफा १६२.६२% बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफामा आकर्षक सुधार गरी चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १६२.६२% ले धेरै हो । गत वर्ष बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ५७ करोड ४१ लाख २९ हजार ८९१ रुपैयाँबाट बढेर ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ पुगेको ।

यस्तै, सञ्चालन नाफा पनि २१ करोड ११ लाख ४५ हजार रुपैयाँबाट बढाएर २६ करोड २० लाख ३९ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।

तर खुद नाफामा आक्रामक वृद्धि हुनुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको छ । गत वर्षको यसै अवधिसम्म १० लाख २४ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष २१ करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

कामना सेवाले ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यस्तै, जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ २६ करोड ८९ लाख ७६ हजार रुपैयाँ छ । कामना सेवाको खराब कर्जा १।३७५ बाट बढेर १।५९५ पुगेको छ ।

यसको प्रतिसेयर आम्दानी बढेर ३० रुपैयाँ ७१ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा मात्र थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ ।

IME Life
kumari