citizens life insurance long ad
stcnepal long ad

स्पेनिस सुपर कप : रियल सोसीडाडलाई पराजित गर्दै बार्सिलोना फाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा टाइब्रेकरमा रियल सोसीडाडलाई ३–२ ले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले, मिरालेम प्यानिच, रिकी पुजले गोल गरे । एन्टोइन ग्रिजमन र डे जोङको प्रहारले भने टाइब्रेकरमा गोल गर्न सकेनन् ।

डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने ग्रिजमनको प्रहार आकासिएको थियो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएका थिए ।

त्यसअघि खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो । एन्टोइन ग्रिजमनको क्रसमा डे जोङले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन ।

दोस्रो हाफको सुरुवातमै सोसीडाडले खेल बराबरीमा ल्यायो । डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि रेफ्रीले पेनाल्टी दिए ।

उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ । बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने सुरमा हुनेछ ।

प्रतियोगिता इतिहासमा बार्सिलोनाले सर्वाधिक १३ पटक यो उपाधि जितेको छ । गत सिजनको विजेता रियल म्याड्रिड ११ पटक जित हासिल गरेको छ ।

IME Life
kumari