सानिमा बैंकको ऋणपत्र बाँडफाँट
काठमाडौं । सानिमा बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालय बबरमहल काठमाडौंमा पुस २१ गते बाँडफाँट गरिएको हो । बाँडफाँट सम्बन्धी सम्पुर्ण विवरण आवेदकहरुले मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
सानिमाले पुस १ गतेबाट १५ गतेसम्म ४ अर्ब रुपैयाँ बराबरको ४० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको थियो । जसमध्ये २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । यसबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ८० हजार इकाई छुट्याएको थियो ।
यसआधारमा सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन ब्यवस्था थियो। यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर तोकीएको थियो । बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो ।























