citizens life insurance long ad
stcnepal long ad

कोटेश्वर–जडिबुटी सडक विस्तार सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ–बायाँ दुवैतर्फ सडकको विस्तार कार्य सुरु गरेको छ । गत भदौबाट पूर्व तयारीको क्रममा जग्गा व्यवस्थापन र साइट क्लियरेन्स सकेर सरकारले उत्तरतर्फको सडक विस्तार कार्य सुरु गरेको हो ।

दक्षिणतर्फ भने केही क्षेत्रमा मुआब्जा र साइट क्लियरेन्स बाँकी नै रहेको सडक विभागले जनाएको छ ।
कोटेश्वरमा हुने सवारी चापलाई कम गर्नको लागि कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने योजना सरकारको छ ।

सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती हुने सडक विभागको प्रक्षेपण छ । विभागका अनुसार, सडक खण्डमा दक्षिणतिरको ललितपुर जाने दुई लेन र उत्तरतिर पेप्सीखोला जाने दुई लेन थप गरी फराकिलो बनाइने छ ।

दुई लेन पेप्सीकोला र दुई लेन ललितपुर जाने सवारीका लागि प्रयोग हुने र बीचका चार लेन सिधै कोटेश्वर—जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न योजना रहेको छ । सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार हाल सडक विस्तारको लागि दक्षिणभागको साइट क्लियरेन्सको काम पूरा भएको र उत्तरी भागको केही साइट क्यिरेन्स बाँकी रहेको अवस्था छ ।

उनले भने, “अब उत्तरी भेगतर्फको निर्माणको कार्य छिट्टै काम सुरु हुने छ । जडिबुटी क्षेत्र आसपासमा रहेका निजी घरलाई मुआब्जा दिने काम पनि भइरहेको छ ।”

सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नेपालीले शतप्रतिशत जाम कम गर्न नसकिए पनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हट्ने दाबी गरे । उनले भने, “भक्तपुर हुँदै पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था हुँदैन ।” उनले परिस्थिति सहज भए कम्तीमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको जानकारी दिए ।

कोटेश्वर–जडिबुटी खण्डको सडक निर्माणका लागि करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सरकारले कोटेश्वर—जडिबुटी सडकमा देखिएको दैनिक जाम समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको छ । सोहीअनुसार अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाउनको लागि सडक विस्तारको काम थालेको विभागले जनाएको छ ।

दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा अन्डरपास निर्माण गर्ने गरी अध्ययन गरिरहेको छ । वार्षिक सवारी सात प्रतिशत वृद्धि भइरहेकाले गर्दा सो सडक खण्डको विस्तार तथा वैकल्पिक मार्ग निर्माण गर्दा रिङरोडको चौडाई पनि विस्तार गरेर सुरुङमार्ग निर्माणको लागि छलफल चलिरहेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण मातहत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमा भन्दा करिब १५ मिटरसम्म माथि जानुपर्ने भएकाले गर्दा प्राधिकरणसँग प्रतिवद्धता लिएर कार्ययोजना सहित काम गर्ने गरी महाशाखाले काम गरिरहेको जनाइएको छ । हाल प्राधिकरणसँग कसरी सहकार्य गरेर सो सडक खण्ड विस्तार गर्न सकिन्छ भनेर दुई पक्षसँग छलफल भइरहेको महाशाखा प्रमुख थापाको भनाई छ ।

IME Life
kumari