stcnepal long ad
ime life insurance
national life
global ime bank long

 कुमारी बैंकको एकैसाथ ९ शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । कुमारी बैंक लिमिटेडले ९ नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले सोमबार उपत्यका भित्रका सात शाखाहरू बाफल, नयाँपाटी,  खुसीबु,  मैतीदेवी,  पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई/ उद्घाटन गरेको जनाएको छ ।

उक्त शाखाहरु बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाले, बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरेका हुन् ।

बेलबारी शाखा बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रूपमा गरेका हुन् ।

त्यस्तै, फिक्कल शाखाको उद्घाटन पनि बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरूको उपस्थितिमा सम्पन्न गरेका हुन् ।

बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

IME Lifesidebar
kumari