citizens life insurance long ad
stcnepal long ad

प्रधान सेनापतिलाई एन्फाका अध्यक्षबाट एएफसी लाइसेन्स हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल फुटवल सङ्गठन (एन्फ) Club Licensing Appeal Body को निर्णय अनुसार त्रिभुवन आर्मी फुटबल क्लबलाई प्रदान गरिएको एएफसी लाइसेन्स  एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाबाट आज पुस १५ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

एसियाली फुटबल कन्फेडरेसन एएफसी आधिकारिक रूपमा ७ मे १९५४ मा मनिला, फिलिपिन्समा गठन गरिएको थियो । यसको मुख्यालय क्वालालम्पुर, मलेशियामा अवस्थित रहेको छ भने यो अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा भित्र रहेका ६ वटा संघहरु मध्ये एक हो । यसमा आवद्ध ४७ सदस्य राष्ट्रहरु मध्ये प्रायस् एसियाली देशहरु रहेका छन ।

नेपालमा ए.एफ.सि.ले क्लव लाईसेन्सिङ्गको प्रकृया २०१६ देखि लागु गरे तापनि २०१८ देखि लाईसेन्स अनिवार्य गरेको थियो । सन् २०१९ मा अखिल नेपाल फुटबल संघले नेपालका सबै ए डिभिजन क्लवहरुलाई ए.एफ.सि. लाईसेन्स प्रकृया पुरा गर्न निर्देशन दिएकोमा कुनै पनि क्लवले मापदण्ड पुरा गर्न सकेका थिएनन् ।

सन् २०२० मा पनि अखिल नेपाल फुटबल संघले पूनः ए डिभिजन ए.एफ.सि. लाईसेनिङ्ग प्रकृया पुरा गर्न निर्देशन गरे बमोजिम त्रिभुवन आर्मी क्लवले सम्पुर्ण प्रकृयाहरु पुरा गरि आवश्यक कागजाद अखिल नेपाल फुटबल संघमा पेश गरेकोमा फुटबल खेलको मात्र छुट्टै विधान तयार गरि फुटबल क्लवको नाममा दर्ता हुनु पर्ने प्रावधान भएकोले २०७७मंसिर १९ गते फुटबल खेलको छुट्टै विधान बनाई त्रिभुवन आर्मी फुटबल क्लवको नाममा दर्ता गरिए पश्चात First Instant Body (FIB) को निर्णयमा पुनर्विचार गरि पाउं भनि अपिल गरेको थियो । ANFA Club Licensing को  Appeal Body को  २०७७ पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी फुटबल क्लवलाई AFC Cup Club Licensing Regulationsअनुसार सम्पुर्ण मापदण्ड तथा योग्यता पुरा गरेको भनि AFC License प्रदान गर्ने निर्णय गरेको थियो ।

सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठबाट स्वागत मन्तव्य सहित सुरु भएको उक्त Licenseहस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, एन्फाका पदाधिकारीहरु तथा नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको अन्त्यमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबाट AFC License प्राप्त गर्न सफल भएकोमा नेपाली सेना तथा त्रिभुवन आर्मी फुटबल क्लवलाई बधाई दिनु भएको थियो ।

त्रिभुवन आर्मी फुटबल क्लवले AFC License प्राप्त गरे पश्चात AFC अन्तर्गतको कुनै पनि क्लव स्तरका अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने बाटो खुल्ला भएकोले सो क्लवका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो खेल कौशलको प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसरको श्रृजना भएको छ ।

उक्त क्लव AFC License प्राप्त गर्ने नेपालको पहिलो फुटबल क्लव हुन सफल भएको हुंदा नेपालको फुटबल ईतिहासमा ऐतिहासिक सफलताको रुपमा लिदै यसले नेपाली फुटबल खेलको बिकासमा महत्वपूर्ण योगदान पुर्या उने बिश्वास नेपाली सेनाले लिएको छ ।

IME Life
kumari