दाहाल–नेपाल समूहद्वारा बाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
आज बुधबार काठमाडौंको पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको प्रदेश सांसदको बैठकले बाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो । बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि दाहाल–नेपाल समूहले वाग्मती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो, जहाँ मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरिएको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।






















