stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो ।

बोल–कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनको अवधिको हुनेछ । यो बिल आगामी चैत १७ गते परिपक्व हुने छ ।

यस्तै, दुई अर्ब बराबरको ट्रेजरी बिल भने ३ सय ६४ दिनका लागि बिक्री गरिने भएको छ । यो बिल आगामी वर्षको पुस १३ गते मात्रै परिपक्व हुने बैंकले जनाएको छ । यसअघि पनि बैंकले पुस ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले आवश्यकता अनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ । तर नेपालमा २८ दिने बिल भने धेरै प्रचलनमा छैन ।

IME Lifesidebar
kumari