stcnepal long ad
ime life insurance
national life
global ime bank long

आयल निगमको एक वर्षको नाफा १२ अर्ब ७८ करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटेपनि नेपाल आयल निगमले एक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम नाफामा गएको हो ।

निगमले हिजो सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ८७ करोड नाफा भएको छ । यसअघि आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा भएको थियो ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र मुद्दती निक्षेपमा लगानी गरी कमाएको ब्याजका कारण पनि नाफा बढेको निगमले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा निगमले ब्याजबापत ७६ करोड आम्दानी गरेको थियो भने २०७६/०७७ मा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको उत्तारचढावसँगै स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले नाफा कमाउन थालेको हो ।

निगमले आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो । कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल आएपछि दुई वर्षमा थप ९ अर्ब २९ करोड नाफा भएको छ । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले २०५९/०६० देखि घाटा व्यहोरिरहेको थियो । चरम नोक्सानीमा पुगेपछि निगमले ऋण लिएर इन्धन आपूर्ति गरेको थियो ।

पटकपटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो । त्यसयता निगम निरन्तर घाटामा थियो । निगमभित्रको अपारदर्शिता र ट्यांकरमा हुने चुहावट, अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य समायोजन नहुँदा घाटा बढेको आरोप लाग्ने गरेको थियो ।

२०६५/०६६ सालमा भने निगमले ३ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो । त्यसपछि पुनः निरन्तर घाटामा थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगमले २०७१/०७२ मा १५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो । हाल निगमको सञ्चित नाफा २१ अर्ब ३७ करोड रुपैयाँ छ ।

IME Lifesidebar
kumari