citizens life insurance long ad
stcnepal long ad

सनराइज बैंकको “सनराइज सरल एसएमई कर्जा” सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । सनराइज बैंकले सनराइज सरल एसएमई कर्जा सञ्चालनमा ल्याएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उदेश्यले  बैंकले नँया कर्जा योजना सनराइज सरल एसएमई कर्जा संचालनमा ल्याएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।                                                           साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धीको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका  बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

IME Life
kumari