stcnepal long ad
global ime bank long

गोकुल बास्कोटा विरुद्ध अख्तियारमा उजुरी दर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटा विरुद्ध उजुरी परेको हो । बास्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार आयोगको कार्यालय टंगालमा उजुरी दिएका हुन् ।

उनीहरुलाई बास्कोटालाई भ्रष्टाचारजन्य मुद्दामा अनुसन्धान गर्न माग गरेका छन् । ‘नेपाल सरकारले किन्ने प्रक्रियामा रहेको सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको तथा उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउने राखी छलफल गरेको जानकारी नै होला।’ उजुरीमा भनिएको छ ।                                                                                                                                                 यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा यस सरकारले पनि यती समूहलाई लाभ हुने गरी विभिन्न निर्णय लिएकोले  बाँस्कोटाले प्राप्त गरेको हुन सक्ने घुस तथा कमिसन यती समूहका कम्पनी मार्फत लगानी गरेको हुन सक्ने सम्भावना पनि रहेको छ,’ उजुरीमा भनिएको छ, ‘साथै आफ्ना आफन्त तथा नजिकका सहयोगीहरूको नाममा बैंक खाता वा अन्य स्थानमा रकम जम्मा गरेको हुन पनि सक्छ वा आफ्नै घरमा पनि राखेको पनि हुन सक्छ ।

निज बाँस्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिई र निज बास्कोटाका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न पनि अनुरोध गर्दछौँ।’ बास्कोटाले कमिसन प्रकरणमा नाम जोडिएपछि विहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

IME Lifesidebar
kumari