stcnepal long ad
nabil bank
macchha(MBL)

युनाईटेड फाइनान्सले मनायो २५औँ बार्षिकोत्सव, सिल्भर जुब्ली बचत खाता सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौँ । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरुका साथ मनाएको छ ।

काठमाडौंमा रहेका सबै कर्मचारीहरुको सहभागितामा प्रभातफेरीबाट शुरु भएको कार्यक्रम काठमाडौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान, खाद्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निर्माण लगायतका विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै मनाइएको प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजयकुमार मिश्रले जानकारी दिए । यसै अवसरमा युनाइटेड फाइनान्सले सिल्भर जुब्ली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत सञ्चालनमा आएको सीईओ मिश्रले बताए ।

नेपालकै प्रतिष्ठित घरानाहरुबाट प्रबद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari