citizens life insurance long ad
stcnepal long ad

रेमिट्यान्स आप्रवाह ११.२% ले बढ्यो, श्रम स्वीकृति लिनेको संख्या भने घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.२% ले बढेको छ । कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४% ले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९% ले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो

कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८% ले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६% ले बढेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ६७।९५ ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१% ले बढेको थियो ।

IME Life
kumari