नबिल बैंकको ३५.२६% लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । नबिल बैंकले ३५.२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३३.५% बोनस सेयर र कर प्रयोजनका लागि १.७६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो निर्णय नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । यो वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक लाभांश हो ।























