stcnepal long ad
ime life insurance
national life
global ime bank long

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गर्न लागेको बताएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ( दशमलव ७) प्रतिशत नगद लाभांश दिने निर्णय स्वीकृत गर्ने छ ।

त्यस्तै आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ भने चालु आर्थिक वर्ष ०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै पारिश्रमिक तोक्ने प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म शेयर दाखिल खारेज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांशको भागिदार बन्न सक्नेछन् ।

IME Lifesidebar
kumari