citizens life insurance long ad
stcnepal long ad

क्रिस्टलको पोस्टमा लिभरपुलको ७ गोल

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टलको घरेलु मैदानमा ७–० को जित निकालेको हो ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोवेर्टो फिर्मिन्हो र मोहमद सालहाले दुई(दुई गोल गरे । त्यस्तै टाकुमी मिनामिनो, साडियो माने र जोर्डान होन्डरसनले एक(एक गोल गरे ।

लिभरपुलले खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको पासमा गोल गरेका थिए ।

३६औं मिनेटमा रोबर्टो फिर्मिनोको पासमा साडियो मानले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

५२औं मिनेटमा कपन जोर्डन हेन्डरसनले ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ६८औं मिनेटमा सलाहको पासमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल खेलमा ५(० ले अघि बढ्यो ।

८१औं मिनेटमा सब्सिच्युट मोहम्मद सलाहले जोए मटिपको पासमा गोल गर्दै लिभरपुललाई ६–० ले अघि बढाए । सलाह ५७औं मिनेटमा साडियो मानेको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा सलाहले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितसँगै लिभरपुलले यो सिजनमा पहिलो पटक ६ अंकको अग्रता बनाएको छ । केही खेलमा खराव प्रदर्शन गरेको लिभरपुले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

शीर्ष स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक रहेको छ । पराजित क्रिस्टल १८ अंक सहित तालिकाको १२ औं स्थानमा रहेको छ ।

IME Life
kumari