stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा भूपेन्द्र पाण्डे नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त सिईओमा डेपुटी सिईओ भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

बैंकका सिईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सिईओ नआउदासम्मको लागि निमित्त सिईओ तोकिएको बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहले जानकारी दिए ।

हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको सो बैंकले जनाएको छ ।

पाण्डेले बैंक तथा बीमा कम्पनीमा गरी १९ वर्ष काम गरेर अनुभव बटुलिसकेका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत काम गरिसकेका बीमाबारे जानकार व्यक्ति हुन् ।

 

IME Lifesidebar
kumari