भर्चुअल माध्यमवाट पल्सर स्पोर्टस अवार्ड २०७६ पुष २८ गते हुने
काठमाडौ । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली खेलकुद कै प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ आगामी पुष २८ गते गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको कारण यो पटक अवार्ड ढिला हुन लागेको हो भने कोभिडकै कारण भर्चुअल अवार्ड समारोह गरिने पनि बताइएको छ ।
कार्यक्रममा प्रमुख प्रायोजक हंसराज हुलास चन्द एण्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुरुप हंसराज हुलास चन्द एण्ड गोल्छाले मञ्चलाई २८ लाख नगर र जिन्सी उपलब्ध गराउने छ । यो पटक पनि विभिन्न दश विधामा खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वलाई सम्मान गरिनेछ ।
वर्षका उत्कृष्ट खेलाडी पुरूष, महिला, युवा प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ दि इयर, पिपुल्स च्वाइस र एसियन जर्नलिष्ट अफ द इयर गरी दश विधामा पुरस्कृत गरिने छ ।
उत्कृष्ट खेलाडी पुरूष, महिला र पिपल्स चवाइसका विजेता र उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल तथा अन्य विधाका विजेतालाई पचास÷पचास हजार प्रदान गरिनेछ ।
यो पटक १३ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको कारण अवार्ड पनि सागमय हुने निश्चित छ । भर्चुअल अवार्ड कार्यक्रम सातदोबाटोस्थित कराते हलमा हुनेछ ।





















