citizens life insurance long ad
stcnepal long ad

च्याम्पियन्स लिग: रियल समूह विजेता बन्दै नकआउट चरणमा

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस च्याम्पियन रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० ले पराजित गर्दै रियल नकआउट चरणमा प्रवेश गरेको हो । रियलाई जित दिलाउनको लागि दुवै गोल करिम बेन्जेमा गरे ।

खेलको नवौं मिनेटमा नै बेन्जेमाले गोल गर्दै रियलाई अग्रता दिलाएका थिए । उनले लुकास भाज्केजको क्रसमा हेडरमार्फत गोल गरेको थिए । खेलको ३२ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले रोड्रीगोको क्रसमा हेडरमार्फत नै गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल रियलले जित्यो । यो जितसँगै समूह विजेता बन्दै रियल अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मोन्चेनग्लाडबाक उपविजेता बन्दै अघि बढेको छ ।

रियलले ६ खेलमा १० अंक जोड्दा ग्लाडबाक र शाख्तरको समान ८–८ अंक रहयो । हेड टु हेडमा पछि परेको शाख्तरले युरोपा लिग खेल्नेछ । ६ अंकस हित पुछारमा रहेको इन्टर मिलानको युरोप यात्रा समाप्त भएको छ ।

IME Life
kumari