अरुण भ्याली हाइड्रोपावरको ५.२६% लाभांश सुरक्षित गर्ने आज अन्तिम
काठमाडौं स् अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५.२६% लाभांश सुरक्षित गर्ने आज बिहीबार मंसिर २५ गते अन्तिम दिन हो । कम्पनीले पुस ८ गते बस्ने साधारण सभाको लागि शुक्रबार मंसिर २६ गते बुक क्लोज गर्दैछ ।
कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५५ बोनस सेयर र कर प्रयोजनका लागि ०,२६३% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । सभा कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली काठमाडौंमा जुम मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।
यस्तै, २१ औं वार्षिक साधारण सभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउन प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५०५ हकप्रद जारी गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
























