citizens life insurance long ad
stcnepal long ad

च्याम्पियन्स लिग: इस्तानबुल बसाकसेइर माथि पिएसजीको सानदार जित, नेयमारको ह्याट्रिक

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । यूईएफए च्याम्पियन्समा पिएसजीले इस्तानबुल बसाकसेइरमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा पिएसजीले बसाकसेइरलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीलाई सानदार जित दिलाउनको लागि ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक गरे भने किलियन एम्बाप्पेले २ गोल गरे । मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले ५ औं मिनेटमा मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो ।

खेलक १५ औं मिनेटबाट सुरू भएको थियो । इस्तानबुलले फ्रिकिकमार्त खेल सुरू गरेको थियो । एको खेलमा पिएसजीले २१ औं मिनेटमा नै अग्रता लियो ।

नेयमारले मार्को भेराट्टीको पासलाई नियन्त्रणमा लिँदै डिफेन्डरलाई नटमेग गरेपछि उत्कृष्ट फिनिस गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एम्बाप्पेको पासलाई गोल गरेका थिए । ४२ औं मिनेटमा एम्बापपेले गोल गर्दै पहिलो हाफमा नै पिएसजीलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे । एन्जल डी मारियाको पासमा नेयमारले गोल गरेका थिए । ५७ औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए ।

तर त्यसको ५ मिनेट नबित्दै नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पिएसजीले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै एम्बापपेले ५(१ को आरामदायी अवस्थामा पुर्याए ।

यस जितसँगै पिएसजी समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । लाइप्जिग र पिएसजी दुवैको ६ खेलमा १२ अंक भएपनि हेड टु हेडमा पिएसजी अघि रहयो ।

यस समूहमा ९ अंक जोडेको युनाइटेड युरोपा लिगमा पुग्दा इस्तानबुलको यात्रा समूह चरणमा नै सिमित भयो ।

IME Life
kumari