stcnepal long ad
ime life insurance
national life
global ime bank long

हाइड्रोपावरहरुले नाफा कमाउन थाले, धेरैको रिजर्भ, इपीएस पनि बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६
काठमाडौं । हाइड्रोपावर कम्पनीहरु पनि अब विस्तारै प्रगतिको पथमा लम्किन थालेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा धेरै कम्पनीहरुले नाफा वृद्धि गरेका छन् । रिजर्भ कोष, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका महत्वपूर्ण वित्तीय सूचकहरुमा पनि प्रगति हासिल गरेको देख्न सकिन्छ । तथापि, कतिपय भने अझै नोक्सानमा रहेको पनि देखिन्छ ।
पुस मसान्तसम्म आइपुग्दा सूचीकृत २९ हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा हाल ३२ वटा जलविद्युत (हाइड्रोपावर) कम्पनी सूचीकृत भए पनि ३ वटाले भने अहिलेसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन नगर्नेमा जोशी, घलेम्दी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी रहेका छन् ।
लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था अध्ययन आवश्यक हुन्छ ।                                                                              तसर्थ, राम्रो प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरु लगानीकर्ताको आँखामा पर्ने गर्दछन् । लाभांश क्षमता बलियो भएको, विगतमा पनि लाभांश दिएका र भविष्यमा अझ राम्रो लाभांश दिन सक्ने कम्पनी छान्न सक्नु लगानीकर्ताका लागि महत्वपूर्ण पक्ष हुन सक्छ । रिपोर्ट सार्वजनिक गर्ने २९ हाइड्रोपावर कम्पनी कस्ता छन् ?
८ हाइड्रोपावर कम्पनीको पुँजी बढ्यो 

दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने २९ मध्ये ८ हाइड्रोपावर कम्पनीको चुक्ता पुँजी बढेको छ । सानिमा माई हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिएको भए पनि त्यसलाई वित्तीय विवरणमा पुँजीकृत गरेको छैन ।


यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । यसको पुँजी १९.९९% ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी भने अपर तामाकोशीको रहेको छ ।

१४ कम्पनीको जगेडा कोष बढ्यो

पुस मसान्तसम्म आइपुग्दा १४ कम्पनीको जगेडा कोष बढेको छ । २ कम्पनीको जगेडा कोष घटेको छ भने १३ को जगेडा ऋणात्मक रहेको छ । जगेडा कोष घट्नेमा चिलिमे र छ्याङदी हाइड्रोपावर रहेका छन् । यता, सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा भने अरुण काबेली हाइड्रोपावर परेको छ ।



यसको जगेडा कोष ८९२.४१% ले बढेर २ करोड ७३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जगेडा कोष धेरै हुनेमा बुटवल पावर कम्पनी रहेको छ । यसको जगेडा कोष ४ अर्ब २९ करोड ९७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

१९ कम्पनीको नाफा बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १९ कम्पनीको नाफा बढेको छ । २ को नाफा घटेको छ भने ८ कम्पनी नोक्सानमा रहेका छन् । यसअवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा अरुण काबेली रहेको छ । यसको नाफा १५८०.६३% ले बढेर ४ करोड २८ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।


रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा बुटवल पावर कम्पनी रहेको छ । यसको नाफा १३.२७% ले बढेर ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

११ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो

दोस्रो त्रैमासमा ११ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ३ को घटेको छ । ६ कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ । यता, ८ ले भने गत वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश गरेका छैनन् ।


सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा ङादी ग्रुप पावर रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसाले बढेर १६ रुपैयाँ ४८ पैसमा आएको छ ।

# हिमालयन पावर पार्टनर हालसम्म निर्माणधीन अवस्थामा रहेको तथा आयोजनाको व्यापारिक उत्पादन सुरु नभएकाले प्रशासनिक खर्चलाई सोही आयोजनामा पुँजीकृत गरिएको कम्पनीले जनाएको छ । तसर्थ, आम्दानी तथा खर्च नरहेकाले प्रतिसेयर आम्दानी, पिईलगायतको सूचक गणना गर्न नसकेको कम्पनीको दाबी छ । 
IME Lifesidebar
kumari