citizens life insurance long ad
stcnepal long ad

सिरी ‘ए’: युभेन्ट्सलाई पछि पार्दै नेपोली तेस्रो स्थानमा उक्लियो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ‘ए’ मा नेपोली तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्रोटोनमाथि ४–० को फराकिलो जित निकाल्दै नेपोली तेस्रो स्थानमा उक्लिएको हो ।

नेपोलीले गोल अन्तरमा युभेन्ट्सलाई पछि पार्दै तेस्रो स्थानम उक्लन सफल भएको हो । नेपोली र युभेन्ट्सको समान १० खेलबाट २० अंक छ । शीर्ष दुईमा रहेका एसी मिलानको २६ तथा इन्टर मिलानको २१ अंक छ । पराजित क्रोटोन २ अंक जोडेर पुछारमा छ ।

नेपोलीलाई सानदार जित दिलाउनको लागि लोरेन्जो इन्सिग्ने, हिर्भिङ लोजानो, डिएगो डिम्मी र एन्ड्रिय पेटाग्नाले गोल गरे । क्रोटोन १० खेलाडीमा समेटिएपछि नेपोलीले तीन गोल थपेको थियो ।

३१औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पिओटर जिलिन्स्कीको पासमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जाकोपो पेट्रिकसिवन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि क्रोटोन १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा नेपोलीले उठाउन सफल भयो ।

५८औं मिनेटमा इन्सिग्नेको पासमा लोजानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा ड्रिएस मेर्टिन्सको पासमा डिएगो डिम्मीले गोल गर्दै नेपोलीलाई ३(० ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेर्टिन्सकै पासमा एन्ड्रिया पेटाग्नाले गोल गर्दै नेपोलीलाई ४–० को फराकिलो जित दिलाए ।

IME Life
kumari