भिएनामाथि आर्सनलको शानदार जित
एजेन्सी । आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । गएराति भएको समूह चरणको खेलमा आर्सनलले र्यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई सानदार जित दिलाउनको लागि एलेक्सान्डर लाकाजेटी, पाब्लो मारी एड्डी एनकेटिया र इमिली स्मीथ रोवेले समान एक(एक गोल गरे । आर्सनलले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरी एक गोल खायो ।
खेल सुरू भएको १० औँ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि नै पाब्लो मारी एड्डी गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।
४४ औँ मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए । पहिलो हाफमा ३ गोल गरेको आर्सनलले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ४७ औँ मिनेटमा मितागवाले गोल गर्दै एक गोल फर्काए । ६६ औँ मिनेटमा स्मीथ रोवेले गोल गरेपछि आर्सनलको ४(१ को जित निश्चित भएको हो ।
बिहीबार रातिको खेलमा आर्सनलको रंगशालामा सीमित दर्शकलाई आउन स्वीकृति दिइएको थियो । २७१ दिनपछि दर्शकले रंगशालामा बसेर खेल रहे । भौतिक दूरी कामय गरी मास्क लगाएका दर्शकले खेले हेरेका हुन् । लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंक सहित समूहको शीर्ष स्थानमा छ ।





















